मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

बिदा

चन्द्रकोट गाउँपालिका

नाम्खा गाउँपालिका

छिन्नमस्ता गाउँपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

धनगढी उपमहानगरद्वारा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन, २३ हजारले लिए सेवा

Mayorsap

सोम, माघ ७, २०८१ | २२:२८ बजे

कैलाली । धनगढी उपमहानगरपालिकाको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट २३ हजार नौ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा उक्त उनीहरुले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् ।

वडा स्वास्थ्य क्लिनिकबाट १७ हजार ६ सय ८५ महिला र ६ हजार दुई सय ८२ पुरुषले स्वास्थ्य सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । सो अवधिमा १३ हजार तीन सय ५३ जनाले जनरल फिजिसियनबाट, चार हजार पाँच सय २६ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ६ हजार ८८ जनाले आँखाको रोगसम्बन्धी निःशुल्क सेवा लिएका थिए । सेवा लिनेमा चार हजार तीन सय २० जना ७० वर्षभन्दा माथिको उमेर समूहका रहेका छन् ।

स्वास्थ्य क्लिनिकमा बिरामीको निःशुल्क जाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको प्रमुख अवस्थीले बताए । आर्थिक रुपमा विपन्न नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले वडा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको उनको भनाइ छ । प्रत्येक महिना १९ वटै वडामा सञ्चालन हुने क्लिनिकमा एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा धनगढी नेत्रालय र गेटा आँखा अस्पतालको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिँदै आएको छ ।

गत आव २०८०/८१ मा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट ४७ हजार चार सय ६२ जनाले स्वास्थ्य सेवा लिएका थिए । उपमहानगरपालिकाले गरिब तथा विपन्न नागरिकलाई लक्षित गरेर आव २०७९÷८० को साउनदेखि ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गरेको हो ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology