Ad Image

रवि लामिछानेले कास्की जिल्ला अदालतको आदेशविरुद्ध पेस गरेको निवेदन उच्च अदालतमा दर्ता

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737967879.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो ।  


कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।


जिल्ला अदालत पोखराले उनलाई ६० लाख धरौटी माग गरेको थियो । उनले उक्त बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनि दावी गरेका छन् ।


लामिछानेका सहयोगी प्रमोद न्यौपानेले लामिछानेले उच्चमा पेस गरेको निवेदन दर्ता गराएका हुन् ।