मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

स्थानीय सरकार

बाढी

मुसीकोट नगरपालिका

‘मध्यपुर थिमि महोत्सव’

बिदा

नेपालगन्ज उपमहानगरपालिका

सामुदायिक वन उपभोक्ता महासङ्घको चुरे समिति खारेज गर्न माग

Mayorsap

सोम, माघ १४, २०८१ | १४:४८ बजे

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले चुरे संरक्षण गर्न नसक्ने भन्दै चुरे समिति खारेज गर्न माग गरेको छ । महासङ्घले सोमबार विज्ञप्ति जारी गर्दै समिति खारेज गर्नुपर्ने बताएको हो ।


साथै महासङ्घले वन तथा वातावरण मन्त्रालयले चुरे क्षेत्रको व्यवस्थापन सम्बन्धी संस्थागत संरचनाका विषयमा अध्ययन गरिरहेको भन्ने ब्यहोराप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


महासङ्घले सात बुँदे धारणा सार्वजनिक गर्दै सरकारले गठन गरेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका माध्यमबाट चुरे क्षेत्र संरक्षण हुन नसक्ने र उक्त समितिका कारण चुरे क्षेत्र झनै विनाश हुनुका साथै वनमाथिको सामुदायिक वन उपभोक्ता समूह लगायतका स्थानीय समुदायको प्राकृतिक स्रोतमाथिको अधिकारमा समेत गम्भीर असर पर्दै आएको जनाएको छ ।


२०७१ आषाढ २ गते ३६ जिल्लाको १२।७८ प्रतिशत चुरे क्षेत्रमा वातावरण संरक्षण ऐन २०५३ बमोजिम सामुदायिक वन उपभोक्ता समूह, आदिवासी जनजाति, महिला, दलित, मधेसी, थारु, मुस्लिम र वनमा जीवन निर्भर रहेका विपन्न वर्गको समेत अधिकार हनन हुने गरी चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरिएकोमा महासङ्घको असहमति जनाउँदै आएको छ ।


‘सामुदायिक वनका माध्यमबाट नै हालसम्म चुरे क्षेत्रको दिगो संरक्षण र व्यवस्थापन हुँदै आएकोले चुरे क्षेत्रलाई वातावरण संरक्षण ऐन अन्तर्गत नराखी वन ऐन २०७६ अन्तर्गत राखी चुरे क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनका कार्यहरू सामुदायिक वनका माध्यमबाट नै हुनु पर्ने र यसका लागि चुरे क्षेत्रसम्बन्धी अलग्गै ऐन बनाउन नपर्ने’, महासङ्घले भनेको छ ।


त्यस्तै महासङ्घले चुरे क्षेत्र विनाश हुने गरी खानी (ढुङ्गा, गिट्टी, माटो, बालुवा) उत्खनन अनुमति तथा प्राकृतिक स्रोतको दोहन हुने गरी र चुरेको वन क्षेत्रमा होटेल तथा केबलकार सञ्चालन लगायतका अनुमति प्रदान गर्ने कार्य तत्काल बन्द गर्न पनि माग गरेको छ ।


‘चुरे क्षेत्रका सन्दर्भमा कुनै समन्वयकारी संयन्त्र आवश्यक भएमा उक्त संयन्त्रमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र आदिवासी जनजाति, स्थानीय समुदाय, महिला, दलित, मधेसी, थारु, मुस्लिम र वनमा जीवन निर्भर रहेका विपन्न वर्गको समेत अधिकार, प्रतिनिधित्व र सहभागिता सुनिश्चितता गर्नु पर्ने’, महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology