मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

स्थानीय सरकार

गुणस्तरहीन दुध

खजुरा गाउँपालिका

धुलिखेल नगरपालिका

गौरीगङ्गा नगरपालिका

स्काइ–वाक टावर

द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

Mayorsap

सोम, माघ १४, २०८१ | १५:०९ बजे

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरुपणको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँग आज छलफल गर्दै उनले सङ्घीय सरकारले द्वन्द्व परिपुरणको कामलाई अघि बढाउन तथा प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए ।     
     
“द्वन्द्वको घाउ सधैँका लागि मेटाउने गरी सरकारले काम अघि बढाएको छ । कानुनी रुपमा नै यो समस्या समाधान गर्न सरकारले विधेयकसमेत पारित गरेर कार्यान्वयनको चरणमा पु¥याएको छ”, मुख्यमन्त्री आचार्यले भने, “प्रदेश स्थापना भएदेखि नै द्वन्द्वपीडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादनसँग जोड्न सीपमूलक तालिम सञ्चालन गरिएका छन् ।”     
     
द्वन्द्वपीडितको समस्या समाधान गर्न सङ्घीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतिको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको उनको भनाइ थियो ।     
     
सो अवसरमा असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरि सुनारले परिपुरणका योजनासँग जोडिएका विषय समेटिएको ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएका थिए ।     
 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology