मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

चौरपाटी गाउँपालिका

वडाध्यक्ष

वृक्षरोपण

गुराँस गाउँपालिका

ललितपुर महानगरपालिका

दुई किशोरी मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण

Mayorsap

सोम, माघ १४, २०८१ | १५:१९ बजे

अछाम । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जङ्गलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।   ढकारी गाउँपालिका– ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नं १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । 

 

किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको जनाएका छन् । आज बिहान मन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम– १ का सांसद शेरबहादुर कुँवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

 

गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको नगरप्रमुख चलाउनेले जानकारी दिए । उनका अनुसार घटनाको छानविनका लागि प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान थालेको छ । यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्री समक्ष माग गरेका थिए । उनीहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्दै सरकार यस्ता घटनामा गम्भीर बन्नुपर्ने बताए।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology