गोलबजार नगरपालिकामा अनलाइन भुक्तानी सेवा (इएफटी) सुरू
Mayorsap
मंगल, माघ १५, २०८१ | ११:२९ बजे

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) दिन थालेको छ ।
चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
नगरप्रमुख श्यामकुमार श्रेष्ठले अनलाइन प्रविधिको प्रयोगले सेवाग्राहीलाई राहत पुगेको र नगरपालिकाको सेवा प्रवाहमा नयाँ आयाम थपिएको बताए ।
अब नगरपालिकाले उपभोक्ताको खातामा प्रत्यक्ष रकम ‘ट्रान्सफर’ कसरी गर्ने भन्ने प्रक्रिया पनि सो अवसरमा सिकाइएको छ ।
नगरपालिकाले अनलाइन भुक्तानी सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधि विभागलाई सशक्त बनाउँदै उपभोक्तालाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ ।