मेयरसाप

काठमाडौं महानगरपालिका

बजेट

केपी ओली

रोजगारी

साँगुरीगढी गाउँपालिका

रोजगारी

तुलसीपुर उपमहानगरपालिका

मिक्वाखोला गाउँपालिका

छिन्नमस्ता गाउँपालिका

मंगलबार सुधारियो सेयर बजार, नेप्से परिसूचकमा २४.५० अंकको वृद्धि

Mayorsap

मंगल, माघ १५, २०८१ | १५:४२ बजे

काठमाडौं । मंगलबार सेयर बजारमा सुधार देखिएको छ । सेयर बजारका सबै सूचक बढेका छन् ।


नेप्से परिसूचक २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।


कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो ।


यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशत बढे ।

 

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै सिन्धु विकास बैंकको ९.४७, मितेरीको ८.८३, ग्रीन ८.१९ र एक्सल डेभलपमेन्ट बैंकको ७.६३ प्रतिशत मूल्य बढ्यो ।

 

दोल्ती पावरको ८.४३, सप्तकोशी विकास बैंकको ४.६३ तथा भूगोल इनर्जीको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology