मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

सामुदायिक विद्यालय

कर

अनिवार्य कर

अतिक्रमन

हरिपुर्वा नगरपालिका

बिपी कोइराला अस्पताललाई उपकरण हस्तान्तरण

Mayorsap

मंगल, माघ १५, २०८१ | १५:४९ बजे

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । ‘हेल्पिङ हेल्ड फर रिलिफ एण्ड डेभलपमेन्ट’ संस्थाले रु. ५९ लाख बराबरका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।


ग्रामीण महिला विकास केन्द्र (आरडब्लुडिसी)ले हेल्पिङ हेल्डबाट प्राप्त ती सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । केन्द्रका अध्यक्ष छलिकुमारी शर्मा र परियोजना व्यवस्थापक कृष्णहरी सापकोटाले अस्पतालका अध्यक्ष डा. विजय न्यौपाने र कार्यकारी निर्देशक डा. शिवजी पौडेललाई एक सय ५३ प्रकारका सामग्री हस्तान्तरण गरेका हुन् ।
 

अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । अस्पताललाई सरकारले दिने रकम घटाउँदै लगेको तर सेवा सुविधा बढाउँदै लैजानु परेको गुनासो गर्दै डा. पौडेलले दाताको सहयोगले विपन्नको उपचारमा मद्दत पुग्ने बताए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology