मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

औद्योगिक ग्राम

साइकल जात्रा

बारेकोट गाउँपालिका

दसैँ

अर्थ

उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

Mayorsap

मंगल, माघ १५, २०८१ | १५:५४ बजे

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालयले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप जिल्लाका १३ हजार बढी छात्रा तथा किशोरीलाई दिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जिवी निरौलाकाअनुसार जिल्लाको दुई सय ८३ सरकारी तथा नीजि विद्यालयमा अध्ययनरत छात्रा तथा किशोरीलाई उक्त खोप दिन लागिएको हो ।

 

छ देखि १४ वर्षसम्मका किशोरी तथा छात्रामध्ये १३ हजार ४६ जना विद्यालयमा अध्ययनरत र विद्यालय बाहिरका तीन हजार दुई सय ६५ किशोरीलाई एचपीभी खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

 

यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म दुई सय ८३ विद्यालयमा एचपीभी खोप शिविर सञ्चालन गरिने भएको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा पहिलो चरणमा माघ २३ गतेदेखि २५ गतेसम्म खोप सञ्चालन गरिने छ । त्यसैगरी कटारी नगरपालिका, चौदण्डी गढी नगरपालिका र ताप्ली तथा उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गतेसम्म दोस्रो चरणमा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्यले जनाएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यलयका निमित प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लामा किशोरी तथा छात्राहरुलाई पहिलो पटक एचपीभी खोप दिन लागिएको हो । खोप लगाउनाले ती किशोरीलाई भविष्यमा पाठेघरको क्यान्सर नलाग्ने वैज्ञानिक तथ्यको आधारमा सरकारले देशभर खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology