मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

बालेन शाह

मङ्गलसेन नगरपालिका

छात्रावृत्ति

पिपरा गाउँपालिका

गोदावरी नगरपालिका

मच्छिन्द्रले लगतार तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

Mayorsap

सोम, फागुन १९, २०८१ | २०:२२ बजे

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको हो । 

मछिन्द्रका लागि स्टेफेन जमाहाले एक गोल गर्दा एक गोल उपहार पायो । खेलको २९ औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको गोल रोक्न खोज्दा आर्मीका डिफेन्डर बिमल पाण्डेले आफ्नो गोल पोष्टमा प्रहार गरे ।

बिमलको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका स्टेफेनले खेलको ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो ।

उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त गर्यो । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुपर्यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology