मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

देवचुली नगरपालिका

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

सिराहा नगरपालिका

तातोपानी गाउँपालिका

पोखरा महानगरपालिका

केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौं : परराष्ट्रमन्त्री राणा

Mayorsap

सोम, फागुन १९, २०८१ | २०:३५ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन् । प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् ।

 

मन्त्री डा देउवाले मृत्युको प्रकृतिका बुबाआमा र आफन्तजनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको बताएकी थिइन् । उनले प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँगसमेत कुराकानी भएको जानकारी गराइन् । त्यसक्रममा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको मन्त्री डा देउवाले जानकारी गराइन् ।

 

प्रकृतिका बुबाआमासँग उनले भनिन्, “मैले कूटनीतिक माध्यमबाट दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्न भारत सरकारसँग आग्रह गरेकी छु र सरकारले यसलाई फलोअप गरिरहेको छ । प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”

 

यस विषयमा परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि मन्त्री देउवाले जानकारी दिइन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology