Ad Image

एकैदिनमा हजार बढीले दिए ५० लाख डलर तिरेर अमेरिकाको नागरिकता लिन निवेदन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742954989.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘गोल्डेन भिसा’ योजना अन्तर्गत एकैदिनमा हजार बढीले ५० लाख डलर तिरेर अमेरिकाको नागरिकता लिन निवेदन दिएका छन् । यो योजना अन्तर्गत ५० लाख डलर अर्थात ६८ करोड ६३ लाखमा नेपाली रूपैयाँमा  ‘गोल्ड कार्ड’ खरिद गर्नेहरूले अमेरिकामा स्थायी बसोबास र वैकल्पिक नागरिकता पाउने छन् ।
 

अमेरिकी वाणिज्य सचिव हावर्ड लुट्निकका अनुसार यो योजना अन्तर्गत एकै दिनमा १ हजार ‘गोल्ड कार्ड’ बिक्री भएको छ, जसले यसको ठूलो माग प्रष्ट पारेको छ । ‘अल इन पोडकास्ट’ मा जानकारी दिँदै हावर्ड लुटनिकले यो योजना आधिकारिक रूपमा भने २ हप्तापछि सुरु हुने बताए । साथै टेस्ला र एक्स (पहिले ट्विटर) मालिक एलोन मस्कले यस योजनाको लागि नयाँ सफ्टवेयर तयार गर्दैछन् ।

 

उनले यो योजना छिट्टै सुरु हुने जानकारी गराउँदै आफूले हिजो मात्रै एक हजार ‘गोल्ड कार्ड’ बेचेको बताए । उनका अनुसार अमेरिकी नागरिकहरूले विश्वव्यापी आम्दानीमा कर तिर्नु पर्नेछ तर ‘गोल्ड कार्ड’ हुनेहरुले यो छुट पाउनेछन् । उनले भने, ‘यदि तपाईंसँग ग्रीन कार्ड वा अहिले गोल्ड कार्ड छ भने, तपाईं अमेरिकाको स्थायी बासिन्दा हुनु हुनेछ तर तपाईंले विश्वव्यापी आम्दानीमा कर तिर्नु पर्दैन । नागरिक बन्न तपाईँका लागि ऐच्छिक हुनेछ, तर यो आवश्यक पर्दैन।’

 

लुटनिकले यो योजना अन्तर्गत ५० लाख डलर तिरेर कुनै पनि व्यक्तिले अमेरिकामा अनिश्चितकालका लागि बस्ने अधिकार प्राप्त गर्न सक्ने बताए । उनले भने, ‘यी व्यक्तिहरू असल कानुन पालना गर्ने नागरिक भएको प्रमाणित गर्नका लागि तिनीहरूमाथि गहिरो अनुसन्धान गरिनेछ। अमेरिकाले कुनै पनि गलत गतिविधिमा संलग्न व्यक्तिको कार्ड रद्द गर्न सक्छ।’

 

विश्वमा ३७ मिलियन मानिसहरू यो ‘गोल्ड कार्ड’ किन्न सक्षम रहेको दावी गर्दै उनले अमेरिकाले यस योजना अन्तर्गत कम्तीमा १ मिलियन गोल्ड कार्ड बेच्न सकिने डोनाल्ड ट्रम्पको विश्वास रहेको बताए ।