Ad Image

वीरगञ्ज महानगरले ८ महिनामा उठायो ३३ करोड बढी राजस्व

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742955653.jpeg

पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ राजस्व संकलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो । 

 

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए । महानगरले सम्पत्ति कर बापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने कर बापत रु एक करोड ६८ लाख संकलन गरेको छ ।