बालेनको घरमा पुगेर प्रचण्डले भने- सबै मिलेर यो देश बनाउनु छ !
Mayorsap
बिही, फागुन २२, २०८१ | १४:१० बजे

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घरमा पुगेका छन् ।
बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुगेका हुन् ।
मेयर शाहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ। शाहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। जुन घर पालिकाले भाडामा लिएर कार्यालय संचालन गरेको हो ।
त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे। त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रियासमेत गरेका थिए। ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ । बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’