मेयरसाप

बालेन शाह

अर्थ

काठमाडौं महानगरपालिका

शिक्षा

राजनीतिक दल

बजेट

छत्रकोट गाउँपालिका

रेणु दाहाल

पञ्चदेवल विनायक नगरपालिका

दुध र दुग्धजन्य पदार्थ

कानेपोखरी गाउँपालिका

भरतपुर अस्पतालमा नयाँ वर्षसँगै सेवा विस्तार

Mayorsap

बिही, फागुन २२, २०८१ | १५:१३ बजे

चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो ।

अस्पतालमा पिआइसियू, सिसियू र बर्न युनिट थप गरिँदै छ भने आइसियू र एनआइसियू सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियूको अभाव रहँदै आएकोमा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ ।


यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । तीन शय्याको वर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । यस्तै २० शय्या सञ्चालन हुँदै आएको आइसियूलाई १० शय्या थप गरी ३० पुयाँइँदै छ ।


अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । यसअघि अस्पतालमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology