मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

जानकी गाउँपालिका

पर्यटन

दुध र दुग्धजन्य पदार्थ

काचो स्याउ

‘बुक फ्री फाइडे’

अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग

Mayorsap

बिही, फागुन २२, २०८१ | १५:३९ बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।


प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद खतिवडाले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।


अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको भन्दै उनले सहयोग रकम नेपालमा कति आएको हो त्यसबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा उनको जोड थियो ।


‘यस्तो रकम कति नेपालमा आएको हो र क–कसले प्रयोग गरे ? त्यो नेपाल सरकार वा अर्थ मन्त्रालय कसले स्वेत पत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस्,’ उनले भने ।


एनजीओ र आईएजीओको रूपमा नेपाल आएको र अन्य काममा प्रयोग भएको रकम कति छन् भनेर उनले प्रश्न गरेका हुन् ।


अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर नेपाललाई नै बदनाम गर्ने काम भइरहेको भन्दै उनले सरकारले यसमा भएको के हो त्यसबारे श्वेतपत्रको रूपमा जारी गर्न आग्रह गरे ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology