Ad Image

समाजवादी मोर्चाले आज ७ स्थानबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743128054.jpg

काठमाडौं । राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउण्टर दिने गरी आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले आज ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

 

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्‍हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतीदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।  दिउँसो १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ ।