Ad Image

गृह मन्त्रालयले भन्याे– दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रियो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743165733.jpg

काठमाडाैँ । सरकारले दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको हो।

 

सुरक्षा प्रमुखहरूको बैठकपछि गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यो निष्कर्ष सुनाइएको हो।

 

गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भनेको छ।

 

दुर्गा प्रसाईको अगुवाइमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, अस्पताल तोडफोड र आगजनी भएको मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए।

 

मन्त्रालयमा पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य रहेको बताए ।

 

उनले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रुपमा जिम्मेवार हुने बताए ।