Ad Image

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743168637.jpg

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

 

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

 

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालका अनुसार रिपोर्टिङमा गएको रजक सम्पर्कविहीन छन् ।

 

एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।