मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

रामनगर गाउँपालिका

स्वामिकार्तिक खापर गाउँपालिका

भेरी नगरपालिका

चामुण्डा बिन्द्रासैनी नगरपालिका

मधुवन नगरपालिका

काठमाडौँ महानगरले राप्रपा लाई एक लाख जरिवाना तिरायो

सो जरिवाना राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आफैँ पुगेर महानगरलाई बुझाए

Mayorsap

सोम, फागुन २६, २०८१ | १६:१२ बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई १ लाख जरिवाना तिरेको छ । आइतबार पूर्वराजाको स्वागत गर्ने  क्रममा काठमाडौँका विभिन्न क्षेत्रको सौन्दर्य विनाश गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले पार्टीलाई १ लाख जरिवाना तोकेको थियो । सोही जरिवाना राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आफैँ पुगेर महानगरलाई बुझाएका हुन् ।


आइतबार पूर्वराजाको स्वागतमा उत्रिएकाहरुको तर्फबाट विभिन्न स्थानमा फोहोर गरिएको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले १ लाख जरिवाना गराएको थियो ।

महानगरपालिकाले पार्टीलाई पत्र लेख्दै आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको  थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology