मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

बुद्धजन्मस्थल

सिदिङ्वा गाउँपालिका

कैलारी गाउँपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

छाउपडी

नेप्से परिसूचक लगातार गिरावट, आठ अर्ब बराबरको कारोबार

Mayorsap

सोम, फागुन २६, २०८१ | १६:२२ बजे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज पनि ओरालो देखिएको हो ।
 

आज २० दशमलव ६८ अङ्कको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक खरिदबिक्री हुँदा रु. आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
 

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको अवस्था छ । सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ तीन दशमलव ०६, व्यापार एक दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव १५, जलविद्युत् एक दशमलव १६ र लगानी एक दशमलव ५१ प्रतिशतले घटेको छ ।
 

त्यस्तै, बैङ्किङ शून्य दशमलव ४४, विकास बैङ्क शून्य दशमलव ७३, वित्त शून्य दशमलव ७०, होटल तथा पर्यटन शून्य दशमलव ९९, जीवन बिमा शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बिमा समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को रु ७३ करोड ५० लाख ९० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार आठ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology