मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

उपेन्द्र यादव

नरैनापुर गाउँपालिका

गुणस्तरहीन दुध

दङ्गीशरण गाउँपालिका

ठाँटीकाँध गाउँपालिका

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

Mayorsap

सोम, फागुन २६, २०८१ | १६:२९ बजे

भक्तपुर । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।


उक्त शव रामेछापको गोकुलगङ्गा गाउँपालिका–५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताए ।


मृतककी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उनले जानकारी दिए । शव परीक्षणपश्चात् पूजाकी भाउजू शर्मिला गजमेरले आज दिउँसो बुझिलगेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।


शव नग्न अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृत्युका कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology