मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

गोपाल हमाल

बुटवल उपमहानगरपालिका

धनगढी उपमहानगरपालिका

रेणु दाहाल

पोखरा महानगरपालिका

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

Mayorsap

सोम, फागुन २६, २०८१ | १६:४८ बजे

रुपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लब बागमती प्रदेशसँग फराकिलो रन अन्तरले विजयी भएको छ । आर्मीले बागमतीलाई १३४ रनले पराजित गरेको हो ।


रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो । २६३ रनको लक्ष्य पछ्याएको बागमती पदेश २७ ओभरमा १२८ रनमा समेटियो । आर्मीका लागि सन्तोष कार्कीले अद्र्धशतकीय पारी खेले । उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए ।


यस्तै विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए । तिर्तराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए ।


बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले दुई दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।


बागमती प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा  विवेक मगरले अद्र्धशतकीय पारी खेले । उनले ५० बलको सामना गर्दै ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । यस्तै इशान पाण्डेले १९ र आषुतोष घिरैयाले १० रन बनाए । बलिङतर्फ आर्मीका लागि साहव आलमले चार तथा आकाश चन्दले तीन विकेट लिए ।  बागमतीले लगातार दोस्रो खेलमा हार बेहोरेको हो । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology