मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

चन्द्रकोट गाउँपालिका

मेलमिलाप केन्द्र

लालबन्दी नगरपालिका

‘मध्यपुर थिमि महोत्सव’

पर्यटन

हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य

Mayorsap

सोम, फागुन २६, २०८१ | १९:०५ बजे

काठमाडौं । हङकङ चाइनाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ ।  युगान्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको हो ।

हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।  त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २र२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक एक विकट लिएका थिए ।  यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

नेपालले अर्को खेल मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology