मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

गुणस्तरहीन दुध

दुल्लु नगरपालिका

चन्द्रबहादुर गुरुङ

दुध र दुग्धजन्य पदार्थ

मेयर्स फोरम

गाउँका सडक विस्तार हुँदा नागरिकलाई सुविधा

Mayorsap

सोम, फागुन २६, २०८१ | १९:१९ बजे

देउखुरी । दाङको घोराही उपमहानगरपालिका–६ का गाउँबस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ । चैनपुर– अघरा सडक वर्षौदेखि ‘ग्राभेल’ मात्र थियो । अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँड्डुल गर्न सजिलो भएको हो । 

 

सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ । घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही बजार पुग्न आधा घण्टा पैदल हिँडेपछि मात्र गाडी भेट्ने ठाउँमा पुग्थिन् । अहिले गाउँको सडक नालीसहित विस्तार भएपछि घरमै अटोरिक्सा आउने गरेको उनले बताए । स्थानीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै गाउँलाई सडक सञ्जालमार्फत जोड्ने काम तीव्र रुपमा अघि बढाएका कारण सहज भएको उनले बताए । 

 

सडक विस्तार भएसँगै गाउँघरको जीवनशैलीमा परिवर्तन आएको उनको भनाइ छ । गाउँघरमा उत्पादन भएका कृषिजन्य उत्पादन सजिलै सहरसम्म पुर्याउन सकिने र आम्दानी गर्न सकिने उनले बताए ।  

 

अघरा–जजरागाउँ सडकमा पक्की नाला निर्माण र सडक विस्तार सकिएको छ । सडक सञ्जालको विस्तारले शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको स्थानीय चन्द्रीका शर्मा बताउँछिन् । वर्षामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले बालबालिकालाई विद्यालय पुग्न असजिलो थियो । हाल सडक बिस्तार भएसँगै सबैलाई सजिलो भएको उनले बताइन् ।  गाउँमा सञ्चार, विद्युत्, खानेपानीका धारा घरघरमा पुगेका छन् । 

 

घोराही उपमहानगरपालिका–६ का अध्यक्ष विष्णुराम आचार्यले वडाभित्र सडक नपुगेका स्थानमा नयाँ ट्रयाक खोल्ने र भएका सडकमा स्तरोन्नति गरिरहेको बताए । स्थानीय सरकारले स्थानीयस्तरमा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ । 

 

त्यसैगरी आव २०७९/८० मा १० किमि र आव २०८०/८१ मा १८ दशमलव ८० किमि सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार सात वर्षमा कूल दुई सय १७ दशमलव २५ किमि सडकको ग्राभेल तथा स्तरोन्नति गरिएको छ ।  त्यसैगरी एक सय ६८ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको छ । ​​​​​​​उपमहानगरपालिकाले ७ मिटरका सडकहरुमा नालासहित कालोपत्रे गरिरहेको  र नालासहित कालोपत्रे गर्दा ढल निकासमा सहयोग पुग्ने चौधरीले बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology