मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

राष्ट्रिय प्रतिभा पुरस्कार

श्रमदान

राजीनामा

पर्यटन

ठाँटीकाँध गाउँपालिका

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Mayorsap

बुध, बैशाख ३, २०८२ | ०९:४६ बजे

काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

 

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology