मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

नगर बस

गोरीकला बुढा

सडक

धनगढीमाई नगरपालिका

उपनिर्वाचन

सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ

Mayorsap

बुध, बैशाख ३, २०८२ | ०९:५२ बजे

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

 

गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ । एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।

 

गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार रहेका छन् । पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको आपराधिक गतिविधि गर्दै आएको उनले बताए ।

 

घटनामा ६ जना संलग्न रहेको बताइन्छ । ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology