पूर्वप्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता, बजेट निर्माणबारे छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान भेटवार्ता भएको हो ।
भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
वैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जेठ १५ गते ल्याउने बजेटका विषयमा सरकारले निरन्तर छलफल गरिरहेको छ । यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बजेटका विषयमा छलफल गरेका थिए ।