राप्रपाको प्रश्न– रवीन्द्रलाई थुन्ने, उपप्रधानमन्त्रीकी दिदीलाई पक्राउ नगर्ने?
Mayorsap
शुक्र, बैशाख २६, २०८२ | १०:५७ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको दिदी रिता सिंह वैद्यलाई पक्राउ नगरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
तीनकुनेको बाल संगठनको जग्गा भाडासम्बन्धी अनियमितताको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भए पनि वैद्यलाई सिंहको नातेदार भएकै कारण कारबाही नभएको उनले आरोप लगाएका हुन् ।
‘बरु राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई मुद्दा नचली ४३ दिनदेखि हिरासतमा राखिएको छ’, श्रेष्ठले भने, ‘यो सत्ता र व्यवस्थाको प्रतिशोध मात्रै हो।’
श्रेष्ठले मिश्रलाई तत्काल रिहा गर्न माग गर्दै भने, ‘विचार थुन्ने प्रयास विफल हुन्छ, न्याय सबैका लागि समान हुनुपर्छ।’