Ad Image

प्रधानमन्त्रीले भने– आफ्नो भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746785220.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत नवीन श्री वास्तवसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।

 

भेटमा राजदूत श्री वास्तवले भारतको पहलगाममा भएको आतंकवादी आक्रमण र त्यसपछिको भारत–पाकिस्तान तनावबारे जानकारी गराए ।

 

भारतले जवाफी कारबाही गरेको भए पनि जेट हमला भने नभएको उनले स्पष्ट पारे । उनले घटनापछि नेपाल सरकारले सार्वजनिक गरेको वक्तव्यप्रति आभार व्यक्त गरे ।

 

प्रधानमन्त्री ओलीले नेपालले आफ्नो भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने पुनः दोहोर्‍याउँदै आतंकवादको विरोधमा नेपालको अडान स्पष्ट पारे । 

 

ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भर्त्सना गरे ।