Ad Image

आफ्ना नागरिकलाई चिनियाँ दूतावासको आग्रह–गल्तीले पनि नेपाल–भारत सीमामा नजानू

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746784222.jpg

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालमा भएका आफ्ना नागरिकहरुलाई नेपाल–भारत सीमामा नजान आग्रह गरेको छ । चिनियाँ दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भारत र पाकिस्तानबीच तनाब बढेकाले भुलेर पनि भारतीय भुमिमा नछिर्न आग्रह गरेको हाे ।

 

भारत र पाकिस्तानबीचको तनावले नेपाली र भारतीय सुरक्षा अंगले चेक जाँच बढाएको र संयुक्त गस्ती गरिरहेको दूतावासले सूचनामा उल्लेख गरेको छ।

 

दूतावासले नेपाल र भारतको बीचमा खुला सीमाना रहेको उल्लेख गर्दै नेपाली र भारतीय नागरिक एकअर्को मुलुकमा खुला रुपमा हिँडडुल गर्न सक्ने अवस्था भएपनि चीनका नागरिक भिसा बिना भारतीय भुमिमा नछिर्न आग्रह गरेको छ ।

 

दूतावासले भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन् । त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।  नेपाल–भारतको सीमा खुला छ त्यसैले पनि व्यक्तिगत लापर्बाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले पनि नछिर्नुहोस् ।’