सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा झरेको छ । आइतबार यसै प्रकारको सुन १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।