Ad Image

बुद्धका उपदेशले सहिष्णु र शान्तिपूर्ण समाज बन्न सक्छ : माधव नेपाल

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747030534.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै सामाजिक न्यायसहित समतामूलक समाज निर्माण गर्नुपर्ने बताएका छन् ।


अध्यक्ष नेपालले २५६९औँ बुद्ध जयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानको भावनाले शान्तिपूर्ण समाजको विकास हुने बताए ।

 

उनले शान्तिका दूत बुद्धको जन्म र बुद्धत्वको संयोग परेको आजको दिन विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक समुदायलाई एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

 

अध्यक्ष नेपालले प्राचीन सभ्यता र समृद्धिको इतिहासबाट राष्ट्रियतालाई थप सुदृढ एवं सबल बनाउन सकिने उल्लेख गरे ।

 

उनले किरात समुदायको उभौली पर्वका अवसरमा पनि देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै विविधतामा एकता अभिवृद्धि गर्न सांस्कृतिक पर्वको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।