Ad Image

भारतबाट फर्किँदै गरेका नेपालीमाथि शोषण, सीमामा जबरजस्ती असुली

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747031149.jpg

धनगढी । भारतबाट सुदूरपश्चिमको त्रिनगर र गड्डाचौकी नाकाबाट फर्कँदै गरेका नेपाली श्रमिकहरूले भारतीय सुरक्षाकर्मीबाट आर्थिक शोषण र अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो गरेका छन् ।

 

कैलालीका बम थापालगायत फर्किँदै गरेका नेपालीहरूले सुरक्षाकर्मीहरूले जाँचको बहानामा जबरजस्ती पैसा असुलेर श्रमिकहरूलाई खाली हात घर फर्किन बाध्य बनाएको बताएका छन् ।

 

भारत–पाकिस्तान तनावका कारण सीमामा सुरक्षा कडाइ गरिएको भए पनि त्यसको नाममा नेपालीहरूलाई लक्षित गरी शोषण गरिएको उनीहरूको आरोप छ ।

 

सशस्त्र प्रहरी बल र प्रदेश सरकारले सिमाना क्षेत्रमा निगरानी र सतर्कता बढाएको जनाएका छन् । मुख्यमन्त्री कमल बहादुर शाहले सम्बन्धित निकायलाई थप सहजीकरण र सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएका छन् ।