Ad Image

अशक्त ज्येष्ठ नागरिक तामाङले घरमै बसेर पाए नागरिकताको प्रतिलिपि

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747031683.jpg

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–१ ताङगिनका अशक्त ज्येष्ठ नागरिक छिङ सुन्डुप तामाङले घरमै बसेर नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् ।

 

शरीरको एक भाग नचल्ने ७० वर्षीय तामाङको सिमकोट सदरमुकाम आउजाउ गर्न सक्ने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण पाण्डेय आफैँ तामाङको घर पुगेका थिए ।

 

प्रजिअ पाण्डेयले सेवा पहुँचबाट टाढा रहेका अशक्त व्यक्तिलाई लक्षित गर्दै घरमै पुगेर नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।

 

पाण्डेयका अनुसार शारीरिक अवस्था कमजोर भएका तामाङका लागि सिमकोटसम्म यात्रा असम्भव जस्तै भएकाले घरमै सेवा पुर्‍याइएको हो ।

 

स्थानीय तहमा सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यसहित यस्तो पहल गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।