Ad Image

भारत–पाकिस्तानबीच हात हालाहाल भयो, हामीले रोक्यौँ : प्रधानमन्त्री

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747035842.JPG

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हालै तनाव चुलिँदै जाँदा हात हालाहालको अवस्था सिर्जना भएको तर, नेपालले शान्ति कायम रहोस् भनेर आग्रह गरेको र दुवै पक्षले लडाइँमा नजाने प्रतिबद्धता जनाएको उनले बताए ।

 

लुम्बिनीमा आयोजित २५६८औँ बुद्ध जयन्तीको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धको शान्तिको सन्देश आजको विश्व सन्दर्भमा अझ सान्दर्भिक भएको बताए । उनले भने, “बुद्धका शान्ति, प्रेम र करुणाका आदर्श हरेक राष्ट्र र समाजका लागि मार्गदर्शक छन्।”

 

प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना अन्तर्गतका कामलाई छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै ५ हजार क्षमताको सभा हल निर्माण आफ्नो पहलमा भएको स्मरण गरे ।

 

तर ध्वनि प्रणाली प्रभावकारी नभएको भन्दै तत्काल सुधारको निर्देशन दिए । साथै, बहुभाषिक कार्यक्रम सहज रूपमा सञ्चालन गर्न उल्था गर्ने जनशक्ति र प्रविधि व्यवस्थाको माग समेत प्रधानमन्त्रीले राखेका छन् ।