Ad Image

रेसुङ्गा विमानस्थलबाट सातामा ३ पटक उडान हुने

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747036811.jpg

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले दिए ।

 

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका  जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुङ्गा–काठमाडौंका लागि ७ हजार ८० र काठमाडौं–रेसुङ्गाका लागि २ हजार दुई सय ८० भाडादर कायम छ ।

 

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए ।

 

निगमको १८ सिट क्षमताको जहाजले  बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।