Ad Image

गाजाको अस्पतालमा इजरायलको आक्रमण, २८ जनाको मृत्यु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747190327.jpg

काठमाडौं ।  इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । ​​​​​​​गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले बताएका छन् ।

 

स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ ६ वटा बम खसालेका थिए । बम अस्पतालका आँगन र वरपरका क्षेत्रमा खसेका थिए । इजरायली सेनाले ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूविरुद्ध सटिक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पतालमुनि रहेको दाबी गरेको थियो।

 

यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।