Ad Image

हरियाली प्रवर्द्धन गर्दै वीरगंज महानगर, आदर्शनगर रंगशालामा वृक्षारोपण

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747191375.jpg

पर्सा । वीरगंजको आदर्शनगर रंगशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रंगशालाको चारै किनारामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पुर्‍याउने बताए । उनले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै नगरको सौन्दर्य वृद्धिमा योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गरे । वीरगंज महानगर प्रहरीको आयोजना र ग्रिनसिटी सामुदायिकको सहकार्यमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुसाल, ग्रीन सिटी सामुदायिकका जयप्रकाश खेतान, समाजसेवी भोला कलवार लगायतको उपस्थिति रहेको थियो । वृक्षारोपण अभियान अन्तर्गत विभिन्न प्रजातिका विरुवा रोपिएको र त्यसको संरक्षण र सम्वर्द्धन महानगरपालिकाले गर्ने छ ।