सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गेटमा कर्मचारीको धर्ना

काठमाडौं । निजामती कर्मचारीहरूले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको भन्दै विरोध जनाएका छन् । निजामती कर्मचारी युनियनको आह्वानमा कर्मचारीहरुले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा उभिएर धर्ना दिएका हुन् ।
निजामती विधेयकमा अहिले रहेको प्रणालीगत त्रुटि र प्रणालीगत असफलतालाई निराकरण गर्ने कुनै विषय नसमेटिएको उनीहरूको भनाइ छ । वृत्ति विकास, सेवासुविधालगायतका प्रावधानमा समेत असन्तुष्टि रहेको उनीहरुले बताए ।
कर्मचारीहरुले वृत्ति विकासको स्पष्ट मार्गचित्र नरहेको, सरुवा र बढुवामा स्पष्टता नभएको र हाल खाइपाइ आएको सुविधा समेत कटौतीको प्रस्ताव आएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।