Ad Image

बजेट निर्माणको तयारी : अर्थ मन्त्रालय प्रवेशमा कडाइ

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Artha Ministry.jpg

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन यस्तो कदम चालिएको हो ।

अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणका सन्दर्भमा आवश्यक परामर्श, छलफल र सुझाव संकलनको प्रक्रिया पूरा भइसकेको छ । अब तयारीका कामहरूमा पूर्ण ध्यान केन्द्रित गर्न मन्त्रालय प्रवेशमा कडाइ गरिएको उनले बताए ।

गत वैशाखमा मन्त्रालयले सबै सरोकारवालालाई सहज पहुँच दिँदै खुला परामर्श प्रक्रिया सञ्चालन गरेको थियो । अब भने मन्त्रालय भित्र आउने–जानेमा सख्त निगरानी राखिएको छ ।

संघीय संसद्को बैठकमा यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।