Ad Image

प्रहरीले बुझायो तीनकुने घटनाको प्रतिवेदन

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tinkune ghatana.jpg

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको घटनामा दुर्गा प्रसाईँसहित ८ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोग सिफारिस गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । सरकारी वकिल कार्यालयले आइतबारभित्र मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ ।

गत चैत १५ गते पूर्वराजा समर्थक प्रदर्शन हिंसात्मक बन्दा सुनौलो इन्द्रेणी सहकारीको भवनमा आगजनी भएको थियो, जसमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । आगजनीमा संलग्न रहेको अभियोगमा सरोज गौतम र गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरीसमेत अभियोजन सिफारिसमा परेका छन् ।

प्रदर्शनमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, र संगठित अपराधका आधारमा अनुसन्धान भएको छ । हालसम्म १ सय ८६ जना पक्राउ परेकामध्ये केही रिहा भइसकेका छन् भने केही हिरासतमा छन् ।

राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र सर्वोच्चको आदेशमा रिहा भएका थिए भने अन्य नेताहरू पनि उपचार र हाजिर जमानीको सर्तमा रिहा भइसकेका छन् ।