Ad Image

वृद्ध भत्ता ७० वर्षपछि मात्रै दिने सरकारको तयारी

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/birdha.jpg

काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर सीमा ७० वर्ष पुर्‍याउने तयारी गरेको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको सिफारिसमा आधारित आर्थिक सुधार कार्य योजनामा सो व्यवस्था उल्लेख गरिएको हो ।

हाल ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपैयाँ भत्ता दिँदै आएको सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरी एक वर्षभित्र कार्यान्वयन गर्ने योजना बनाएको छ ।

दलित, कर्णाली क्षेत्रका बासिन्दा, विधवा, एकल महिला, लोपोन्मुख जनजाति र अशक्त अपाङ्गताका हकमा अहिलेझैँ ६० वर्षमै भत्ता उपलब्ध गराइनेछ ।

त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा पनि विस्तार गरिने भएको छ । सबै प्रकारका रोजगारीमा संलग्न व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने र कम्पनी तथा संस्थाको नवीकरणका लागि कोषमा नियमित योगदानको प्रमाण अनिवार्य बनाइने सरकारको तयारी छ ।

सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गर्दै सञ्चय कोष, नागरिक लगानी कोषजस्ता निकायहरूसँग समन्वय गर्ने सरकारको योजना छ ।