Ad Image

अध्यक्ष प्रचण्डलाई कास्कीका ५ वामपन्थी समाजवादी दलले बुझाए संयुक्त ज्ञापनपत्र

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a prachanda.PNG

कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् । 

‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा रहेका प्रचण्डलाई समाजवादी धारका दलहरुले ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत छन् । 

उनीहरूले कास्की जिल्ला र मध्यपहाडी लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर ज्ञापनपत्र बुझाएका हुन् ।