बाढीले अवरुद्ध भएको कान्तिलोकपथ सडक सञ्चालन

काठमाडौं । शुक्रवार आएको बाढीले अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड सञ्चालनमा आएको छ । शुक्रवार साँझ बगुवा खोलामा आएको बाढीले अवरुद्ध भएको सडक १२ घण्टापछि सञ्चालनमा आएको हो ।
ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएको छ ।
अवरुद्ध कान्तिलोकपथ सडक पूर्ण सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरीले जनाएको छ ।