रेसुङ्गा नगरपालिकामा रोपाइँ जात्राको अवसरमा भोलि सार्वजनिक बिदा
नगरपालिकाले जारी गरेको सूचनामा नगर मातहतका सबै कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरूमा बिदा दिइएको उल्लेख छ।
No Author Assigned | २०८१ भदौ १० गते २३:०५
गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार ११ भदौमा सार्वजनिक बिदा दिएको छ।
कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट मनाइने यो सांस्कृतिक पर्वलाई सफल बनाउन नगर कार्यपालिकाको निर्णयअनुसार बिदा घोषणा गरिएको हो।
नगरपालिकाले जारी गरेको सूचनामा नगर मातहतका सबै कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरूमा बिदा दिइएको उल्लेख छ। गुल्मी सदरमुकाम तम्घास बजारमा वर्षौंदेखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विभिन्न क्लब, समूह, र संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरू गर्दै आइरहेका छन्।
Facebook Comments