सिदिङ्वा गाउँपालिकामा 'तिम्बुङ पोखरी ट्रेल रन' प्रतियोगिता आयोजना हुँदै
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा भदौ २६ गते 'तिम्बुङ पोखरी ट्रेल रन' प्रतियोगिता आयोजना गरिने भएको छ।
No Author Assigned | २०८१ भदौ २० गते ०७:५०
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा भदौ २६ गते 'तिम्बुङ पोखरी ट्रेल रन' प्रतियोगिता आयोजना गरिने भएको छ। करिब ४,३८० मिटर उचाइमा रहेको यो क्षेत्र ताप्लेजुङकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। तिम्बुङ पोखरी संरक्षण समितिले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो।
आयोजक समितिका सल्लाहकार कैलाश राईका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य तिम्बुङ पोखरी क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धन गर्नु हो। प्रतियोगितामा प्रथम हुनेलाई ३०,०००, द्वितीयलाई २०,००० र तृतीयलाई १०,००० रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ।
तिम्बुङ पोखरी, जो भारतको सिक्किम र पाँचथरसँग सिमाना जोडिएको क्षेत्र हो, पर्यटकीय आकर्षणका लागि प्रसिद्ध छ। यहाँको प्राकृतिक सौन्दर्य, दुर्लभ जीवजन्तु, जडीबुटी, र बृहत् घाँसे मैदानले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। आयोजकले यो प्रतियोगिताले आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउने अपेक्षा राखेको छ।
Facebook Comments