रास्कोट नगरपालिकामा नयाँ अस्पतालको निर्माण अन्तिम चरणमा
रास्कोट नगरपालिकामा अर्को नयाँ अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
No Author Assigned | २०८१ असोज २ गते १६:५७
कालीकोट । रास्कोट नगरपालिकामा अर्को नयाँ अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नगर सरकारले नयाँ अस्पताल निर्माणका लागि बाटो खोलेपछि काम तीव्र भइरहेको छ।
२०७८ सालमै संघीय सरकारले बजेट पठाए पनि रास्कोट सामुदायिक अस्पताल पहिले नै सञ्चालनमा रहेकाले अर्को अस्पताल निर्माण गर्न नपर्ने स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको थियो। तर, पछिल्लो नगर सरकारको जोडबलले गर्दा २०७९ सालदेखि अस्पताल निर्माण कार्य पुनः सुरु भएको हो।
नयाँ अस्पतालको निर्माणले स्थानीयबीच विवादको स्थिति निम्त्याएको छ। स्थानीय गोकर्ण सज्यालले रास्कोट सामुदायिक अस्पताललाई अलपत्र पारेर अर्को अस्पताल निर्माण गर्नु गलत भएको बताए । उनका अनुसार, नागरिककै लगानीमा बनेको सामुदायिक अस्पताललाई सुदृढ गर्नुको सट्टा अर्को अस्पताल निर्माण गर्दा विवादको अवस्था सिर्जना भएको छ।
रास्कोट नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले भने, संघीय सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा देशभरि तीनसयभन्दा बढी अस्पताल शिलान्यास गर्दा रास्कोटको अस्पताल पनि सो सूचीमा परेको बताए ।
Facebook Comments