Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सरकारले आगामी बजेटमा प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने

मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउने प्रयास

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३१ गते १७:२९
Image of storage/news/1744717465.jpg

काठमाडौं । आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको बताउँदै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।

 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटन कार्यक्रममा उनले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने बताएका छन् । उद्घाटनका क्रममा मन्त्री पौडेलले ल्याबको प्रभावकारिता दीर्घकालीन रुपमा कायम गर्नुपर्ने र यस्ता ल्याब अब सबै प्रदेशमा विस्तार गर्नुपर्ने बताएका छन् ।  

 

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले ल्याबको सञ्चालन र प्रभावकारिता वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले भने, “जनशक्तिको चुनौती पनि छ । ल्याब सुरु गर्नु ठूलो कुरा हो तर त्योभन्दा ठूलो कुरा निरन्तर रुपमा सञ्चालन गर्नु हो ।”

 

मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरुका लागि चिकित्सकीय विधिहरुको अभ्यास गर्न यस प्रयोगशालाले सहजता ल्याउने अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले बताए । 


Facebook Comments