Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सुनको मूल्यमा नयाँ रेकर्ड : आज प्रतितोला एक लाख ८७ हजार पुग्यो

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३२ गते ११:०७
Image of storage/news/1744780952.jpg

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

 

मङ्गलबार प्रतितोला एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई हजार सात सय रुपैयाँ बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य तोलाको रू एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिनको कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रू १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


Facebook Comments